+
+

कुरिनटार विपद् व्यवस्थापन तालिम केन्द्र बन्यो सशस्त्र प्रहरीको सर्वोत्कृष्ट शिक्षालय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ९ गते १५:४८

९ माघ, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको २१ औं स्थापना दिनवसमा तालिम शिक्षालयतर्फ चितवनको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय सर्वोत्कृष्ट बनेको छ ।

सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बलका १२ वटा तालिम शिक्षालय मध्येबाट कुरिनटार शिक्षालय सर्वोत्कृष्ट भएको घोषणा गरे ।

सोही अवसरमा खनालले तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अन्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रसंशा पत्र प्रदान गरे । सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक कार्य चुस्त दुरुस्त राख्दै आफ्नो जिम्मेवारी क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै शिक्षालयलाई पुरस्कृत गरेको हो ।

विपद् व्यवस्थापनको क्षेत्रमा क्षमता अभिवृद्धि गर्न विशेष भूमिका खेलिरहेको सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय १९ वैशाख २०६७ मा स्थापना भएको थियो । हाल शिक्षालयले विपद् व्यवस्थापन सम्बन्धमा दर्जागत विपद् व्यवस्थापन सम्बन्धी आधारभूत तथा उन्नत तालिम प्रदान गर्दै आएको एसएसपी पोखरेल बताउँछन् ।

सशस्त्र प्रहरी बल, नेपालले प्राप्त गरेको विपद् व्यवस्थापनको जिम्मेवारी निभाउन सक्ने दक्ष, सक्षम तथा अनुभवी सशस्त्र प्रहरी कर्मचारीको निर्माणमा शिक्षालयले योगदान गर्दै आएको उनको भनाइ छ। शिक्षालयमा समुदाय तथा छिमेकी राष्ट्रहरुबाट विपद् व्यवस्थापनका विभिन्नण विषयहरुमा तालिम लिन आउने व्यक्तिहरुलाई समेत तालिम दिइँदै आएको छ ।

यी बने सशस्त्र प्रहरीका उत्कृष्ट अधिकृत

सशस्त्र प्रहरी दिवसको अवसमार उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृततर्फ प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमन जंग थापा र सुमन बोगटी पुरस्कृत भएका छन् ।

त्यस्तै सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा कार्यरत निरीक्षक शैलेन्द्र थापा पनि उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट पुरस्कृत भएका छन् ।

त्यस्तै, सशस्त्र प्रहरी निरीक्षक सुवर्ण पोखरेल र गान्धरकुमार चौलागाईं पनि पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?