+
+

अर्थतन्त्र खराब अवस्थामा पुगिसकेको छैन- अर्थसचिव

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १०:४३

११ माघ, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले पछिल्लो समय अर्थतन्त्रमा केही चाप परे पनि खराब अवस्थामा भने पुगिनसकेको बताएका छन् । मंगलबार नेपाल चेम्बर अफ कमर्सले ७० औं अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

‘अर्थतन्त्रमा पछिल्लो समय केही चाप रहेपनि खराव अवस्थामा पुगिनसकेको छैन ‘ उनले भने । ७ दशमवल ११ प्रतिशतको मुल्यवृद्धि, ८ खर्व ८० अर्वको व्यापार घाटा, रेमिट्यान्समा गिरावाट आएकाले अर्थतन्त्रमा केही चाप वढेको सचिव मरासिनीले स्वीकार गरे ।

कोभिड १९ को दोस्रो लहर पछि आर्थिक गतिविधि स्वभाविक चलायमान हुन खोजेकाले अर्थतन्त्रमा केही चाप देखिएको मरासिनीको भनाइ छ ।

विदेशी विनिमय सञ्चिती केही घटेपनि कम्तिमा ६ महिनालाई आयात धान्न सकिने अवस्थामा रहेको भन्दै सचिव मरासिनीले आत्तिनुनपर्ने बताए । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक देखि पुँजीगत खर्च बढेकाले बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हट्दै जाने मरासिनीको भनाइ छ । सरकाले यो वर्ष लक्ष्यअनुसार ७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने दावी पनि उनले गरे ।

कार्यक्रममा बोल्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताए । आयात रोक्नुभन्दा पनि व्यवस्थित गर्नुपर्ने अध्यक्ष मल्लको भनाइ थियो ।

‘करको दर नभई दायरा बढाएर राजस्वको लक्ष्य पुरा गर्नुपर्छ,’ अध्यक्ष मल्लले भने । कार्यक्रममा भन्सार सहजीकरणमा योगदान गरेको भन्दै चेम्बरले भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मीलाई सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?