+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बैंकहरूले बढाए नाफा, २६ बैंकले ६ महिनामै कमाए ३३ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते १६:५५

११ माघ, काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको खुद नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकहरुले ३३ अर्ब ४६ करोड ७१ लाख ९४ हजार रुपैयाँ कमाएका छन् ।

यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ७-७० प्रतिशतले बढी हो । यद्यपि, यसमा हिमालयन बैंकको भने जोडिएको छैन ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता गरेर अन्तिम समयमा आएर मर्जर भाडिएको हिमालयनले वित्तीय विवरण सार्वजनिक गरेको छैन । अघिल्लो वर्षको ६ महिनामा भने यो बैंकले ६५ करोड ३२ लाख रुपैयाँ खुद मूनाफा आर्जन गरेको थियो ।

चालु आर्थ्र्िक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै मूनाफा कमाउने बैंकमा ग्लोबल आईएमई बैंक पहिलो नम्बरमा देखिएको छ । अघिल्लो वर्षको ६ महिनामा २ अर्ब ३१ करोड रुपैयाँ कमाएको यस बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६६ करोड रुपैयाँ खुद मूनाफा आर्जन गरेको छ ।

मूनाफा धेरै कमाउने दोस्रो नम्बरमा एनआईसी एसिया बैंक देखिएको छ । व्यवसाय विस्तारमा निकै आक्रामक रुपमा प्रस्तुत हुने गरेको यस बैंकले नबिल र राष्ट्रिय वाणिज्य बैंकलाई समेत उछिनेको छ । गत वर्षको ६ महिनामा २ अर्ब ६ करोड रुपैयाँमात्रै कमाएको एन्आईशी एसिया बैंकले यस वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

यसैगरी नबिल बैंकले ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९२ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा नबिलले २ अर्ब १ करोड रुपैयाँ र रावा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

धेरै नाफा कमाउने पाँचौ नम्बरमा भने एनएमबि बैंक देखिएको छ । एनएमबि बैंकले अघिल्लो वर्षको ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँ कमाएकोमा यस वर्षको पुस मसान्तसम्म १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

हेर्नुस् कुन बैंकले कति कमाए ?

बैंकको नाम        पुस २०७८ (रू.) पुस २०७७ (रू.)
ग्लोबल आईएमई २ अर्ब ६६ करोड २ अर्ब ३१ करोड
एनआईसी एशिया २ अर्ब ४० करोड २ अर्ब ६ करोड
नबिल २ अर्ब १८ करोड २ अर्ब १ करोड
राष्ट्रिय वाणिज्य १ अर्ब ९२ करोड १ अर्ब ७५ करोड
एनएमबि १ अर्ब ७१ करोड १ अर्ब ६१ करोड
प्राइम  कमर्सियल १ अर्ब ६८ करोड १ अर्ब ८१ करोड
नेपाल इन्भेष्टमेन्ट १ अर्ब ६२ करोड १ अर्ब ५८ करोड
सिद्धार्थ १ अर्ब ५८ करोेड ९१ करोड ८७ लाख
कृषि विकास १ अर्ब ४२ करोड १ अर्ब ३२ करोड
नेपाल बैंक १ अर्ब ४१ करोड १ अर्ब ३५ करोड
मेगा १ अर्ब ४० करोड १ अर्ब ३० करोड
प्रभु १ अर्ब २६ करोड १ अर्ब ५१ करोड
सिटिजन्स १ अर्ब २४ करोड ८७ करोड ५२ लाख
स्टाण्डर्ड चार्टर्ड १ अर्ब ९ करोड ७२ करोड ७६ लाख
सानिमा १ अर्ब ८ करोड १ अर्ब ६ करोड
माछापुच्छ्र्रे १ अर्ब १ करोड ८० करोड २७ लाख
कुमारी ९५ करोड १ अर्ब २१ करोड
एनसीसी ९० करोड ६१ करोड ४० लाख
एभरेष्ट ८३ करोड ८९ लाख ९६ करोड १९ लाख
लक्ष्मी ८१ करोड ७४ लाख ८० करोड ७१ लाख
नेपाल बंगलादेश ८१ करोड ११ लाख ९४ करोड १२ लाख
नेपाल एसबीआई ७८ करोड २८ लाख ५१ करोड ४८ लाख
सनराइज ७४ करोड ५५ लाख ९४ करोड ९४ लाख
सेञ्चुरी ७२ करोड २१ लाख ४६ करोड ६५ लाख
बैंक अफ काठमाण्डू ७१ करोड ९३ लाख ७० करोड ८५ लाख
सिभिल ५० करोड ४० लाख २० करोड २८ लाख
हिमालयन ६५ करोड ३२ लाख
जम्मा     ३३ अर्ब ४६ करोड ७२ लाख            ३१ अर्ब ७ करोड ३२ लाख

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?