+
+

लुम्बिनीमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

तीन सिटका लागि निर्वाचन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ११ गते २०:२२

११ माघ, दाङ । बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा तयारी पूरा भएको छ । लुम्बिनीको राष्ट्रियसभा निर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थलका तोकिएको प्रदेश निर्वाचन कार्यालय जनाएको हो ।

लुम्बिनी प्रदेशबाट तीन रिक्त पदका लागि निर्वाचन हुँदैछ । तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको हो ।

फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिने भएपछि भोलि निर्वाचन हुन लागेको हो । कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका लागि अहिले बुथ निर्माणलगायत सबै काम सकिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको चार वर्षे कार्यकाल सकिँदैछ । तीन रिक्त पदका लागि हुन लागेको निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट खु्लातर्फ युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलातर्फ पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र दलिततर्फ जनमोर्चाबाट रुपन्देहीका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

त्यस्तै नेकपा एमालेबाट खुलातर्फ दाङका रामदयाल गुप्ता, महिलातर्फ बाँकेकी भारती खनाल र दलिततर्फ गुल्मीका कृष्णबहादुर सुनारले उम्मेदवारी दिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्यबाट ८५ र स्थानीय तहका प्रमुख/उपप्रमुख २१५ गरी २९६ मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?