
११ माघ, काठमाडौं। प्रहरीले अनलाइनको माध्यमबाट जुवा सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ घर भई काठमाडौंको ठमेलमा ठमेल होस्टल सञ्चालन गर्दै आएका राकेश कुमार क्षेत्री र भारत दिल्ली तिलकनगर घर भई ठमेलमा बस्दै आएका जसपाल सिंह रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी बृत्त, लैनचौरबाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ठमेलबाट पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट अनलाइन जुवासँग सम्बन्धित नगद, चेक, बैंक भौचरलगायतका लिखित सामग्रीहरुसमेत बराममद गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत सोह्रखुट्टेमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4