
१२ माघ, बुटवल । भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाका ७१ वर्षका पुरुष र कालीकोटका १६ वर्षका किशोर रहेका अस्पतालले जनाएको छ ।
माघ १० गते अस्पतालमा भर्ना भएका ७१ वर्षका पुरुषको गएराति साढे ११ बजे र माघ ५ गतेबाट उपचाररत कालीकोटको शुभकालिका– ५ का १६ वर्षका किशोरको बुधबार बिहान सवा ११ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
कालीकोटका किशोर भीरबाट खसेर घाइते भई थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर ल्याइएकोमा कोरोना पुष्टि भएपछि भेरी अस्पतालमा भर्ना गरिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4