+
+

कर्णालीमा राष्ट्रिय सभा निर्वाचनको मतदान सकियो, दुईजना अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १५:४७

१२ माघ, सुर्खेत । राष्ट्रिय सभा सदस्य चयनकालागी कर्णाली प्रदेशमा मतदान सम्पन्‍न भएको छ । प्रदेशमा ९८.९५ प्रतिसत मत खसेको प्रदेश निर्वाचन कार्यलयले जनाएको छ ।

तीन सिटका लागि कर्णालीमा भएको मतदानमा १९१ मतदातामध्य १८९ जनाले मतदान गरेका छन् । प्रदेश सभा सदस्य १ जना र पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् ।

उनका अनुसार स्थानिय तह अन्तर्गत ९९.३५ प्रतिसत मत खसेको छ भने प्रदेश सभा तर्फ ९७.१४ प्रतिसत मत खसेको हो । राप्रपाबाट निर्वाचित प्रदेश सभा सदस्य सोशिला शाही र कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली मतदानमा अनुपस्थित भएका छन् ।

आफना पार्टीका उम्मेद्वार नभएकाले मतदानमा सहभागी नभएको शाहीले बताइन् । पार्टीको ह्वीप अनुसारनै तथष्ठ बसेको उनको भनाई छ । उपप्रमुख नेपाली भने हाल अमेरीकामा छिन् । उनि झण्डै तीन वर्षदखि अमेरीका रहेको र यसअघिको राष्ट्रिय सभा निर्वाचनमा समेत सहभागी भएकी थिइनन् ।

कर्णाली प्रदेशमा प्रदेश सदस्य र स्थानिय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्षसहित १९१ जना मतदाना रहेका छन् । स्थानिय तहका १५६ जना र प्रदेश सभा सदस्य ३५ जना छन् । प्रदेशमा जम्म मतभार ४४ सय ८८ रहेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालय परिसरमा बिहान ९ बजेदेखि शुरु भएको मतदान ३ बजे सम्पनन् भएको हो । प्रदेशमा तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा छ ।

गठबन्धनको तर्फबाट कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला), नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा (सल्यान) उम्मेदवार रहेका छन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट उम्मेदवारी दिएका हुन्।

त्यस्तै एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला), जुम्लाकी गंगा महत (महिला) र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) उम्मेदवार रहेका छन्। आज चारबजेबाट मतगणना हुने सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?