+
+

बाबुराम भट्टराईलाई कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १६:००

१२ माघ, काठमाडौं। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले सतर्कताका बाबजुत आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘सतर्कताका बाबजुद मलाई कोभिड-१९ ले पुन: संक्रमण गरेको छ। पीसीआर रिपोर्ट पोजिटिभ आएको छ! लक्षणण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाकानिम्ति क्षमाप्रार्थी छु। ‘

साथै उनले आफ्नो सम्पर्कमा रहेकाहरुलाई सतर्क रहनसमेत आग्रह गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?