+
+
आहा ! रारा गोल्डकप :

मछिन्द्रलाई स्तब्ध पार्दै एपिएफ १४ वर्षपछि फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १६:५७

१२ माघ, पोखरा । डिफेन्डिङ लिग च्याम्पियन मच्छिन्द्रलाई हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब १४ वर्षपछि आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

२० औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा बुधबार मच्छिन्द्रलाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो । एपीएफ २०६४ सालको छैठौं संस्करणमा फाइनलसम्म पुगेको थियो । तर अर्को विभागीय टिम नेपाल पुलिस क्बलसँग २–० ले पराजित हुँदै उपविजेतामा सीमित रह्यो ।

पोखरा रंगशालामा भएको खेलमा एपीएफले २४ औं मिनेटमा का सनिष श्रेष्ठको गोलबाट अग्रता लिएको थियो । डिबक्स क्षेत्र नजिकै मच्छिन्द्रका खेलाडीले बल नियन्त्रण गर्ने क्रममा मणि लामालाई लडाउँदै फल गर्न पुगेपछि एपिएफले फ्रिकिकको मौका पाएको थियो । डिबक्स नजिकैबाट बल लामाले हानेको फ्रिकिक बलमा सशिषले हेडिङमार्फत गोलमा परिणत गरिदिए ।

एपीएफको अग्रतालाई मच्छिन्द्रले धेरै टिक्न दिएन । खेलको ३९ औं मिनेटमा मच्छिन्द्रका ओमोलाजा न्युरियन करिमले गोल गर्दै खेललाई बराबरीमा ल्याए । डिबक्स नजिकै एपिएफका सविन थापाले विपक्षी टिमका मेसुके एटिजिनलाई लडाउन पुगेपछि मच्छिन्द्रले फ्रिकिक मौका पायो । र, एपीएफकै शैलीमा गोल गर्यो ।

मच्छिन्द्रका मेसुके एटिजिनले प्रहार गरेको फ्रिकिक बलमा ओमोलाजा न्युरियन करिमले हेड गोल गरे ।

दोस्रो हाफमा एपिएफ दोस्रो गोल गर्दै पुनः अग्रता लियो ६७ औं मिनेटमा एपिएफका क्याप्टेन नवीन लामाको पासलाई प्रदीप लामाले सुन्दर फिनिसिङ गर्दै गोलमा परिणत गरे । अतिरिक्त समयमा एपिएफका क्याप्टेन नवीन लामाले थप एक गोल गर्दै खेललाई फाइनल यात्रा पक्का गरे ।

एपिएफ पाहुना टोली बिवाइएससीलाई क्वार्टरफाइनलमा ३–१ गोलअन्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको थियो । मच्छिन्द्रले साविक विजेता संकटालाई ४–१ को फराकिलो अन्तरले हराउँदै ८ वर्षपछि आहाराराको सेमिफाइनल यात्रा तय गरेको थियो ।

अर्को सेमिफाइनल खेल बिहीबार मनाङमस्र्याङ्दी र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । ५ पटकको विजेता थ्रीस्टारलाई १–० ले हराउँदै सेमिफाइनल पुगेको आर्मी आहाराराको उपाधिविहीन छ भने मनाङमस्र्याङ्दीले सर्वाधिक ६ पटक उपाधि हात पारिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?