+
+

गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रदेश १ बाट राष्ट्रियसभामा एमालेका शेर्पा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १७:११

१२ माघ, विराटनगर । प्रदेश १ राष्ट्रियसभा सदस्यमा नेकपा एमाले उम्मेदवार साेनाम गेल्जेन शेर्पा निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । अल्पसंख्यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे ।

गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४३६८ मत प्राप्त गरे । राई जसपाबाट उम्मेदवार बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?