+
+

फेसबुकले बनायो मेटाभर्सको पहिलो सुपर कम्प्युटर, जुकरवर्गले दिए बधाई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते १८:१२

१२ माघ, काठमाडौं। पछिल्लो समय नाम परिवर्तन गरी मेटा बनेको फेसबुक कम्पनीका सिइओ मार्क जुकरबर्गले मेटाभर्सको निर्माण गरिरहेको बताउँदै आएका छन् । मेटाभर्स वास्तवमा एक भर्चुअल संसार हो । मेटाभर्समा मानिसहरु भौतिक अर्थात् शारीरिक रुपमा उपलब्ध नभएर भर्चुअल रुपमा उपस्थित हुन्छन् ।

यहीँ मेटाभर्सको अवधारणालाई साकार रुप दिने प्रयासमा मेटा (फेसबुक) कम्पनीले संसारकै सबैभन्दा तिव्र गतिको आर्टिफिसियल इन्टेलिजेन्स सुपर कम्प्युटर तयार गरेको छ । मेटाको पहिलो एआइ कम्प्युटरको नाम एआइ रिसर्च सुपरक्लस्टर (AIRSC) राखिएको छ ।

RSC को निर्माणका विषयमा मार्क जुकरबर्गले फेसबुक पोष्टमार्फत् पूरै टिमलाई बधाई ज्ञापन गरेका छन् । यो वर्ष सन् २०२२ को मध्यसम्ममा यो च्क्ऋ संसारकै सबैभन्दा तेज कम्प्युटर बन्ने दाबी गरिएको छ ।


यो कम्प्युटरलाई मेसिन लर्निङको अवधारणामा डिजाइन गरिएको छ । यो वर्षको उत्तरार्धसम्ममा च्क्ऋ को दोश्रो चरण पूरा हुनेछ र त्यतिबेला यसमा १६,००० जिपियू हुनेछन् ।

कहाँ कहाँ हुनेछ यो कम्प्युटरको प्रयोग ?

मेटाको यो सुपर कम्प्युटरको प्रयोग कन्टेन्ट मोडेरेसन देखि मेटा बिजनेस सम्म हुनेछ । त्यस्तै फेसबुकले आफ्नो प्लाटफर्ममा घृणाजन्य अभिव्यक्ति तथा सामाग्रीहरु रोक्नका लागि पनि च्क्ऋ को प्रयोग गरिनेछ । त्यस्तै अग्मेन्टेड रियालिटीमा पनि यसको प्रयोग गर्ने मेटाको योजना छ ।

जुकरबर्गका अनुसार यो सुपर कम्प्युटर सेकेण्ड भरमा क्विन्ट परिमाणमा काम गर्न सक्षम छ । यो कम्प्युटरको सहयोगमा एकसाथ करोडौँ मानिसहरु रियल टाइममा विभिन्न फरक फरक भाषामा कुरा गर्न सक्नेछन् । यो कम्प्युटरले टेक्स्ट, फोटो तथा भिडियोलाई एकसाथ सटीक विश्लेषण गर्न सक्दछ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?