
१२ माघ, काठमाडौं। अर्थमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मा वर्षमान पुन ‘अनन्त’लाई भेट्न उनको निवासमा पुगेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चीनमा उपचार गरेर सोमबार स्वदेश फर्किएपछि अर्थमन्त्री शर्मा बुधबार भेट गर्न पुनको निवास पुगेको पुनको सचिवालयले जनाएको छ ।
भेटपछि शर्माले पुनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरेर माघ १० गते स्वदेश फर्किएका हुन् ।
माओवादी केन्द्रमा शर्मा र पुन दुबै महासचिव पदको आकांक्षी छन् ।
वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।
बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
प्रतिक्रिया 4