+
+

बुक बिल्डिङ्गबाट ६० लाख कित्ता शेयर निष्काशन गर्ने सर्वाेत्तम सिमेन्टको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १२ गते २२:२२

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वाषिर्क साधारण सभा भएको छ । उक्त सभामा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको कम्पनीले जनाएको छ ।

लेखा परिक्षकको प्रतिवेदन सहितको आव२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको छ । त्यसैगरी आव.२०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा सूभास एण्ड कम्पनी चार्टड एकाउन्टेण्टस् लाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

विशेष प्रस्तावहरु अन्तर्गत धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन ६० लाख कित्ता शेयर निष्काशन बुक विल्डिङ्ग विधिवाट गर्ने निर्णय भएको छ । त्यसैगरी, धादिङ जिल्ला रोरांग गाँउपालिकास्थित कान्द्रांगगढी चुनढुंगा भण्डारको उत्खननका लागि १५ करोड एक लाखमा खानी खरिद गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?