+
+

१० वर्षमा झण्डै १९ हजार घट्यो गोरखाको जनसंख्या

केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार गोरखाको जनसंख्या घटेको पाइएको छ । २०६८ को जनसंख्या भन्दा १८ हजार ८६० जनाले घटेको विभागले उल्लेख गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १३:५०

१३ माघ, गोरखा। केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार गोरखाको जनसंख्या घटेको पाइएको छ । २०६८ को जनसंख्या भन्दा १८ हजार ८६० जनाले घटेको विभागले उल्लेख गरेको छ ।

२०६८ सालमा जिल्लाको कुल जनसंख्या २ लाख ७१ हजार ६१ थियो । २०७८ को जनगणनाको प्रारम्भिक नजिता अनुसार जिल्लाको जनसंख्या २ लाख ५२ हजार २०१ रहेको छ । सेवा सुविधाका लागि ठूला शहरमा बसाइसराई गर्ने क्रम बढेकाले जनसंख्या घटेको तथ्याङ्क कार्यालय गोरखाले जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार कुल जनसंख्यामध्ये १ लाख १९ हजार ८११ पुरुष र १ लाख ३२ हजार ३९० महिला रहेका छन् । जिल्लाको कुल घरधुरी संख्या ६८ हजार ४०४ र परिवार संख्या ७२ हजार ९६८ रहेको तथ्याङ्कमा उल्लेख छ ।

गोरखा नगरपालिकामा धेरै, चुमनुव्रीमा कम

जिल्लाका स्थानीय तहमध्ये सबैभन्दा धेरै जनसंख्या गोरखा नगरपालिकामा र सबैभन्दा कम हिमाली क्षेत्रको चुमनुव्री गाउँपालिकामा रहेको छ । गोरखा नगरपालिकाको जनसंख्या ५३ हजार २८५ रहेको छ भने चुमनुब्री गाउँपालिकाको ६ हजार ७८९ रहेको छ । पालुङटार नगरपालिकाको जनसंख्या ३७ हजार २७४ रहेको छ ।

बारपाक सुलीकोट गाउँपालिकामा २३ हजार २२२, शहीद लखन गाउँपालिकामा २२ हजार ४२९, आरुघाट गाउँपालिकामा २१ हजार ८७३ र गण्डकी गाउँपालिकामा २१ हजार ६६२ जनसंख्या रहेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै सिरानचोक गाउँपालिकामा १९ हजार ८२९, भीमसेन थापा गाउँपालिकामा १७ हजार ११८, धार्चे गाउँपालिकामा १४ हजार ५६३ र अजिरकोट गाउँपालिकामा १३ हजार २ जनसंख्या रहेको तथ्यांक कार्यालयले जनाएको छ ।

जिल्लाका कुल जनसंख्याको १.०६ प्रतिशत अर्थात २३ हजार ३५ जना बिदेश रहेको कार्यालयले जनाएको छ । तीमध्ये १९ हजार पुरुष र ४ हजार ३५ महिला छन् ।

गत कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जिल्लामा जनगणना भएको थियो । जनगणनाका लागि जिल्लाभर चार सय गणक खटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?