+
+

मन्त्री रेणु यादवविरुद्ध प्रहरीमा जाहेरी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १३ गते १५:२२

१३ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध प्रहरीमा जाहेरी दरखास्त परेको छ ।

५ माघमा रौतहटमा आयोजित मधेश बलिदान दिवसलाई सम्बोधन गर्दै मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई ज्यान मार्ने धम्की दिएकी थिइन् ।

पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता रञ्जित कर्णले मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको भनेर उनीमाथि राज्यविरुद्धको कसूरमा अनुसन्धान गर्न माग गरेका छन् ।

उनले जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिन खोज्दा लिन नमानेपछि जिल्ला प्रहरी कार्यालय रौतहटमा हुलाकमार्फत जाहेरी पठाएको अनलाइनखबरलाई बताए ।

कर्णले बिहीबार नै सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पनि पठाएका छन् ।

हेर्नुहोस् जाहेरी दरखास्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?