+
+

महिला क्रिकेट ग्रेडिङमा हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १२:१९

१४ माघ, काठमाडौं । नेपाल क्रिकेट संघले महिला खेलाडीको केन्द्रीय सम्झौताको ग्रेडिङमा व्यापक हेरफर गरेको छ । बिहीबार भैरहवामा बसेको क्यान बोर्ड बैठकले पुरुष र महिलातर्फ सन् २०२२ का लागि १८-१८ खेलाडीलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गर्दै सूची सार्वजनिक गरेको छ ।

जसमा महिला र पुरुष दुवैतर्फ ग्रेड ए मा ५ खेलाडी, ग्रेड बी मा ६ खेलाडी र ग्रेड सी मा ७ खेलाडी छन् । यसअघि गत वर्ष पहिलो पटक महिला खेलाडी पनि केन्द्रीय सम्झौतामा समावेश गरिँदा २२ खेलाडी समावेश थिए । अहिले त्यो संख्या भने घटेको छ ।

यस्तै लामो समय राष्ट्रिय टिमका लागि खेलेका पूर्वकप्तान नेरी थापा र रितु कनौजिया केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् । दुवैले पछिल्लो समय राष्ट्रिय टिमबाट खेलेका छैनन् । यसअघि नेरी ग्रेड ए र रितु ग्रेड बी मा थिए ।

यसअघि ग्रेड बी मा रहेका ब्याटर काजल श्रेष्ठ नयाँ सम्झौतामा ग्रेड ए मा समावेश छन् । कप्तान रुविना क्षेत्री, उपकप्तान सीता रानामगर, इन्दु वर्मा र करुणा भण्डारीसहित काजल ग्रेड ए मा छन् ।

यस्तै यसअघि ग्रेड बी मा रहेका ज्योति पाण्डे, सरिता मगर, सरस्वती चौधरी र अप्सरी बेगम ग्रेड बी मै यथावत छन् । कविता कुँवर ग्रेड सी बाट ग्रेड बी मा बढुवा भएकी छन् भने सवनम राईले ग्रेड बी मा इन्ट्री मारेकी छन् ।

यसअघि ग्रेड बी मा रहेका रोमा थापा, कविता जोशी र विन्दु रावल भने ग्रेड सी मा घटुवा भएका छन् । यसैगरी डली भट्ट र ममता चौधरी ग्रेड सी मै यथावत रहेका छन् । यस्तै संगीता राई र अस्मिता कर्माचार्यले ग्रेड सी मा इन्ट्री गरेका छन् ।

यसअघि ग्रेड सी मा रहेका अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, शोभा आले, सुमन खतिवडा भने केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् । २०२२ को लागि केन्द्रीय सम्झौतामा ३ नयाँ खेलाडी समावेश हुँदा ७ खेलाडी बाहिरिएका छन् ।

पहिलो पटक ग्रेडिङमा समावेश भएका सवनम राई र संगीता राईले गत वर्ष आईसी वुमन्स टि-२० विश्वकप क्वालिफायर अघि कतार टुरमा टी-२०आईमा डेब्यु गरेका थिए । यस्तै ज्योति पाण्डे र कविता जोशीले पनि त्यही टुरमा कतारविरुद्ध डेब्यु गरेका थिए ।

२०२२ का लागि केन्द्रीय सम्झौतामा परेका महिला खेलाडी

ग्रेड ‘ए’ : रुविना छेत्री, सीता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी

ग्रेड ‘बी’ : सरिता मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई, ज्योति पाण्डे

ग्रेड ‘सी’ : डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी, विन्दु रावल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?