+
+

१८ वर्षमाथिका ७० प्रतिशतले पाए कोरोनाको पूर्ण खोप, ३ लाखलाई बुस्टर डोज

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १७:३५

१४ माघ, काठमाडौं । सरकारले नेपालमा १८ वर्षभन्दा माथि उमेर समूहका ७० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्णमात्रा खोप पाएको दावी गरेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विज्ञप्ति जारी गरी १८ वर्षमाथिका ७० प्रतिशतले पूर्ण र ८३ प्रतिशत नागरिकले कम्तीमा एक मात्रा खोप लगाएको बताएका छन् ।

त्यस्तै, १२ वर्षदेखि १७ वर्षसम्मका १८ लाख ७२ हजार ६७० बालबालिकाले पहिलो मात्रा र तीन लाख ५८ हजार २९८ बालबालिकाले पूर्ण मात्रा खोप लगाएका उनले जानकारी दिए । कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिएकामध्ये तीन लाख जनाले बुस्टर डोज खोप पाएका छन् ।

हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आइपुगेकामा तीन करोड छ लाख चार हजार १५२ डोज खोप नगाइसकेको पनि मन्त्री खतिवडाले जानकारी दिएका छन् ।

नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगायन सुरु गरेको शुक्रबार एक वर्ष पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?