+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

एप्पल बन्यो विश्वमा सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोन ब्राण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १९:५४

१४ माघ, काठमाडौं । विश्व बजारमा सर्वाधिक बिक्रि हुने स्मार्टफोन ब्राण्डको सूचीमा एप्पल पुनः पहिलो नम्बरमा आएको छ । सन् २०२१ को अन्तिम त्रैमासिकमा पनि एप्पल विश्व बजारमा सबैभन्दा धेरै बिक्रि हुने स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो।

काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको रिपोर्ट अनुसार यो त्रैमासिकमा चिनिया बजारमा एप्पलको हिस्सा अहिलेसम्मकै सबैभन्दा उच्च बन्न बनेको छ । साथै पछिल्लो ६ वर्षमा एप्पल पहिलोपटक चिनिया बजारमा समेत सर्वाधिक बिक्रि हुने स्मार्टफोन बनेको छ ।

सन् २०२१ को अक्टोबरदेखि डिसेम्बर सम्मको त्रैमासिकमा चिनिया स्मार्टफोन बजारमा एप्पलको हिस्सा २२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा चिनिया बजारमा एप्पलको हिस्सा १६ प्रतिशत थियो। यद्यपि समग्रमा पछिल्लो वर्ष चीनमा कूल स्मार्टफोन बिक्रिमा चाहीँ ९ प्रतिशतले गिरावट आएको छ ।

चिनिया बजारमा स्थानीय स्मार्टफोन ब्राण्ड भिभोको अवस्था खस्किएको छ र उसको बजार हिस्सा ६ प्रतिशतले घटेको छ । अन्तिम त्रैमासिकको तथ्यांकका आधारमा चिनिया बजारमा एप्पल सर्वाधिक बिक्रि हुने स्मार्टफोनको रुपमा रहेपनि सन् २०२१ को समग्र तथ्यांकको आधारमा भने एप्पल तेश्रो स्थानमा छ । पहिलो स्थानमा भिभो र दोश्रो स्थानमा ओप्पो रहेको छ ।

त्यस्तै क्यानालिसको एक अर्को रिपोर्ट अनुसार चीनमा अभूतपूर्व सफलतासँगै एप्पलले विश्व बजारमा पनि शीर्ष स्थान ओगट्न सफल भएको छ । यो सँगै उसले विश्व बजारमा सर्वाधिक बिक्रि हुने स्मार्टफोनको सूचिमा सामसुङलाई दोश्रो स्थानमा धकेलेको छ।

विश्व स्मार्टफोन बजारमा सामसुङको हिस्सा २० प्रतिशत रहेको छ । त्यस्तै चिनिया स्मार्टफोन ब्राण्ड शाओमी १२ प्रतिशत बजार हिस्साको साथ तेश्रो स्थानमा छ भने ९ प्रतिशतका साथमा ओप्पो चौथो र ८ प्रतिशत बजार हिस्साको साथमा भिभो पाँचौँ स्थानमा छन् ।

क्यानालिसका अनुसार आइफोन १३ को उच्च बिक्रिका कारण एप्पलले विश्व बजारमा शीर्षस्थान ओगट्न सफल भएको हो ।

एप्पलले बिहिबार सार्वजनिक गरेको सन् २०२१ को चौथो त्रैमासिकको वित्तिय रिपोर्ट अनुसार एप्पलले पछिल्लो त्रैमासिकमा १ खर्ब २३ अर्ब ९० करोड डलर आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११ प्रतिशतले बढी हो ।

त्यस्तै सामसुङको चौथो त्रैमासिकको सञ्चालन मुनाफा पनि गत वर्षको सोही अवधिको तुलनामा ५३ प्रतिशतले वृद्धि भएको रिपोर्ट सार्वजनिक भएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?