
१५ माघ, काठमाडौं । चीनले ताइवानसँग कुनै पनि वार्ता नगर्न अमेरिकालाई आग्रह गरेको छ ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र ताइवानका उपराष्ट्रपति लाई चिङ्ग तेबीच वार्ता भएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गरेको बीबीसीले जनाएको छ ।
मिडिया रिपोर्टका अनुसार होन्डुरसका राष्ट्रपतिका शिमोरा कास्त्रोको समारोहमा अमेरिकी उपराष्ट्रपति ह्यारिस र ताइवानका उपराष्ट्रपति तेबीच संक्षिप्त कुराकानी भएको थियो । सो क्रममा उनीहरुबीच साझा हित र अवैध घुसपैठलाई रोक्ने विषयबारे कुराकानी भएको बताइन्छ ।
अमेरिकी उपराष्ट्रपति ह्यारिसले सो क्रममा चीनको विषयमा कुनै छलफल नभएको बताएकी छन् । त्यसअघि उनले मिडिया कुराकानीको क्रममा होउन्डुरसमा ताइवानको नेतृत्वसँग भेट्ने कुनै योजना थिएन भनेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4