+
+

भैरव पुरस्कार व्यङ्ग्यकार लुइँटेललाई

ग्वंगलाई वाङ्मय र भौकाजीलाई प्रतिभा पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १५ गते १३:०१

१५ माघ, काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले सार्वजनिक गरेको छ ।

जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्यङ्ग्यकार नरनाथ लुइँटेललाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैया रहेको छ ।

पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगलाई प्रदान गरिने गुठीले जनाएको छ । १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीको यो पुरस्कार नेपाली कला, साहित्य, संस्कृति, सङ्गीत, पत्रकारिता लगायतको क्षेत्रमा विशिष्ट योगदान दिने जो कोहीलाई अब बर्सेनि प्रदान गरिने गुठीका अध्यक्ष रोचक घिमिरेले बताए ।

त्यस्तै ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरिने भएको छ ।

पुरस्कार प्राप्तकर्ताहरूको नाम छनौट गर्न गुठीले व्यङ्ग्यकार लक्ष्मण गाम्नागेको संयोजकत्वमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन र युवराज मैनाली सदस्य रहेको समिति बनाएको थियो ।

कोभिड–१९ को कहर कम हुनेबित्तिकै औपचारिक कार्यक्रम गरी यी पुरस्कारहरू प्रदान गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?