+
+

नेकपाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन

ऋषि कट्टेल नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता दाबी गर्दै नेता लोकनारायण सुवेदी निर्वाचन आयोग गएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १६ गते २०:०९

१४ माघ, काठमाडौं । ऋषि कट्टेल नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता दाबी गर्दै नेता लोकनारायण सुवेदी निर्वाचन आयोग गएका छन् ।

नेता सुवेदी पार्टीको एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका अध्यक्ष हुन् । उनै सुवेदीलाई कार्यवाहक अध्यक्ष तोकेर निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै निवेदन परेको हो ।

ऋषि कट्टेलले पार्टीलाई अर्को कुनै पार्टीमा मिलाउन खोजेकाले कारबाही गर्नुपरेको सुवेदीको तर्क छ ।

‘उहाँ (ऋषि कट्टेल) पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग नजिकिएर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विरोध गर्नेतिर लाग्नुभयो । यस्तो किन ? भन्दै जाँदा उहाँ पार्टी नै अन्य पार्टीमा विलय गराउने खेलतिर लाग्नुभएको रहेछ । जवाफ माग्दा दिन सक्नुभएन र पार्टीले उहाँलाई बहुमतका आधारमा कारबाही गरेको छ’ सुवेदीले भने ।

पार्टीलाई पैसा र सांसद पाउने लोभमा अन्य पार्टीमा विलय गराउन हुन्न भन्ने पक्ष बहुमतमा भएकाले कट्टेललाई कारबाही गरेर पार्टीको आधिकारिकता दाबी गरिएको पनि उनले बताएका छन् । निर्वाचन आयोगमा रहेको पार्टीको विवरण अनुसार बहुमतमा रहेकाले आफूहरुले नै आधिकारिकता पाउने सुवेदीको दाबी छ ।

‘एकताको राष्ट्रिय सम्मेलन गर्ने तयारी थियो । तर, त्यो सम्मेलन नै हुन सकेन । त्यसपछि वर्तमान कमिटीबाटै हामीले ऋषि कट्टेललाई कारबाही गरेका हौं । तर, उहाँहरु हुँदै नभएको सम्मेलन भयो र नयाँ नेतृत्व चयन भएको भनी निर्वाचन आयोग जानुभएको छ’ कट्टेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?