+
+

मिलन चाम्सको ‘बर एण्ड बधु’मा आँचल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १२:१५

१७ माघ, काठमाडौं । निर्देशक मिलन चाम्स एकपछि अर्को चलचित्रको निर्देशनमा व्यस्त छन् । चलचित्र ‘गोर्खा  वारियर २’को छायांकन गरिरहेका मिलन एक फुटबलरको बायोपिक चलचित्र निर्देशन गर्ने तयारी पनि गरिरहेका छन् ।

यसैबीच उनले कमेडी र प्रेमकथामा बन्ने चलचित्र ‘बर एण्ड बधु’लाई  निर्देशन गर्ने तयारी गरेका छन् । यो चलचित्रको छायांकन फागुन तेस्रो साताबाट शुरु हुने मिलनले जानकारी दिए । ‘यो फिल्मको कथावस्तु रोचक छ । कोरोनाको तेस्रो लहर कम भयो भने हामी फागुनबाट छायांकन शुरु गर्छौं,’ उनले भने ।

चलचित्रमा अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहनेछिन् । उनी ‘बधु’को भूमिकामा देखिने मिलनले जानकारी दिए । आँचलले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली चलचित्र हो । उनले लकडाउनपछि साउथ चलचित्र ‘हिटम्यान’मा भने काम गरिसकेकी छन् ।

एलआरके इन्टरटेनमेन्टको ब्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो । चलचित्रका लागि नयाँ नायकको खोजी गरिएको छ । चलचित्रमा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनले बताए ।

चलचित्रका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलनमार्फत दिने निर्माणपक्षले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?