+
+

भारतमा कोरोना संक्रमितको दैनिक संख्या घट्न थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १४:४६

१७ माघ, काठमाडौं । भारतमा कोभिड-१९ का संक्रमितको दैनिक संख्या घट्न थालेको छ । त्यहाँ दैनिक संक्रमितको संख्या केही दिनयता लगातार घटिरहेको छ ।

कोभिड-१९ का संक्रमित १० दिनसम्म लगातार घट्न थालेसँगै भारतमा तेस्रो लहर ‘पिक’ मा पुगेर ओरालो लागेको अनुमान हुन थालेको छ । पछिल्ला २ दिन साप्ताहिक संक्रमण दरमा कमि आएको छ।

बिहीबार १६.८४ प्रतिशत रहेको साप्ताहिक संक्रमण दर घटेर शनिबार १५.६३ पुगेको छ। झण्डै १ महिनापछि साप्ताहिक दर घटेको हो। भारतमा पछिल्लो २४ घण्टामा २ लाख ९ हजार ९१८ जना नयाँ संक्रमित थपिएका छन्। जुन संख्या आइतबारको तुलनामा २४ हजारले कम हो । आइतबार त्यहाँ २ लाख ३४ हजार २८१ जना नयाँ संक्रमित थपिएका थिए।

तर, भारतमा पछिल्ला ३ दिनयता कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या भने बढिरहेको छ। पछिल्लो २४ घण्टामा ९५९ जना संक्रमितको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जबकी आइतबार ८९३ जना र शनिबार ८७१ जना संक्रमितको ज्यान गएको थियो। योसँगै त्यहाँ हालसम्म कोभिड-१९ बाट ज्यान गुमाउनेको संख्या ४ लाख ९५ हजार ५० पुगेको छ ।

त्यस्तै हालसम्म भारतमा कुल ४ करोड १३ लाख २ हजार ४४० जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ करोड ८९ लाख ७६ हजार १२२ जना निको भइसकेको भारतीय समाचार माध्यमले जनाएका छन् । समाचार अनुसार त्यहाँ सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार २६८ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?