+
+

फ्रेन्च कपको साविक विजेता पीएसजी अन्तिम १६ बाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते ९:५२

१८ माघ, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) कोप डे फ्रान्स (फ्रेन्च कप) फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।

सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६-५ ले पराजित हुँदै पीएसजी बाहिरिएको हो ।

पीएसजीको घरेलु मैदानमा भएको खेल निर्धारित समयसम्म गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा निसका मोर्गन सेन्डरलाइन, जिन क्लेयर टोडिबो, युसेफ अटल, एमिनी गोउइरी, इभान्स गेसार्ड र डान्टेले गोल गरे । एन्डी डेलोर्टले भने गोल गर्न सकेनन् ।

पीएसजीका लियोनल मेस्सी, किलियन एमबाप्पे, युलियन ड्राक्सलर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गरे । तर लिएन्ड्रो पारेडेस र जाभी सिमोन्सले गोल गर्नबाट चुके ।

पीएसजीबाटै लोनमा निस गएका गोलकिपर मार्सिन बुल्काले निर्णायक पेनाल्टी बचाएका थिए ।

अब निसले क्वाटरफाइनलमा मार्सेसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?