+
+

जिप र्‍यांग्लरको लाइनअपमा थपियो ‘जिप ग्लेडियटर’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १०:०३

१६ माघ, काठमाडौं । नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिप र्‍यांग्लरको लाइनअपमा नयाँ जिप ग्लेडियटर थपेको छ । जिप ग्लेडियटर जिपको आइकनिक र्‍यांग्लरमा आधारित छ र ‘गो एनिह्वेयर, डु एनिथिङ’ क्यापाबिलिटी, ‘एड्भान्स्ड टेक्नोलोजिकल फिचर’, जिपको परिचित डिजाइन र ‘ओपन-एअर फ्रिडम’ रहेको छ ।

एमएडब्लु लाइफले यसअघि आफ्नो ‘सीबीयु लाइनअप’मा ‘टु डोर’ र ‘फो डोर’ रुबिकन र ‘फो डोर’ सहारा र्‍यांग्लर उपलब्ध गराउँदै आएको थियो ।

एमएडब्लु लाइफले नेपालमा ग्लेडियटरको ओभरल्यान्ड ट्रिम ल्याएको हो, जसमा ३.६ लिटरको पेन्टास्टार भी६ पेट्रोल इन्जिन छ जसले २०६ किलोवाट पावर र ३२७ एनएम टर्क उत्पन्न गर्छ । यसको ‘अफरोड क्यापाबिलिटी’ जिपको ‘सेलेक-ट्रयाक एक्टिभ अन-डिमान्ड ४ बाई ४ सिस्टम’ले दिन्छ । यो सिस्टमले २.७२:१ ‘लो रेन्ज गियर रेसियो’ र ३.७३ ‘रियर एक्सल रेसियो’सहितको ‘डाना ४४ एक्सल गरी टु-स्पिड ट्रान्सफर केस अफर’ गर्छ । भी ६ इन्जिनलाई ‘लो-एन्ड टर्क’का लागि ‘अप्टिमाइज’ गरिएको छ जुन ‘अफरोडिङ’का लागि आवश्यक छ । ग्लेडियटरको ‘टोविङ’ क्षमता २७२१ केजी रहेको छ ।

जिप ग्लेडियटरलाई ‘क्यापाबल कार्गो क्यारियर’ बाट ‘विकेन्ड फन’ र दैनिक प्रयोजनका लागि ‘फुल्ली कस्टमाइज्ड लाइफस्टाइल भेहिकल’ मा सजिलैसँग परिणत गर्न सकिन्छ । जिप र्‍यांगलर ‘फो डोर’ को तुलनामा यसको फ्रेम ७८७ एमएम लामो र ह्विलबेस ४९२ एमएम लामो छ ।

यसको ‘एप्रोच एंगल’ ४०.७ डिग्री, ‘ब्रेक एंगल’ १८.४ डिग्री, ‘डिपार्चर एंगल’ २२५.१ डिग्री र ‘ग्राउन्ड क्लेरेन्स’ २८३ एमएम रहेको छ ।

जिप र्‍यांगलरमा जस्तै यसको ‘हार्डटप’ पनि सजिलैसँग निकालेर ‘नेकेड’ बनाउन सकिन्छ जसले सहर वा ‘ट्रेल’ दुवैमा ‘ओपन एअर फ्रिडम’लाई प्रत्याभुत गर्छ ।

ग्लेडियटरमा लामो ह्विलबेसकको ‘अनरोड ड्राइभिङ डाइनामिक्स’ का लागि र नयाँ ‘लोड ट्रे’लाई सपोर्ट गर्न ‘कम्प्रेहेन्सिभ फाइभ-लिंक सस्पेन्सन’ सिस्टम राखिएको छ । ‘ट्रे’को ‘पेलोड’ क्षमता ६२० केजी छ र ‘अन्डर रेल बेड लाइटिङ’ र ‘इन्टिग्रेटेड टाई डाउन’ राखिएको छ जुन साइकल, डर्ट बाइक, सर्फबोर्ड र एटीभी जस्ता ‘एड्भेन्चर इक्विपमेन्ट’ राख्न सहज बनाउँछ ।

सुरक्षाका लागि यसमा ७० भन्दा बढी ‘एक्टिभ’ र ‘पेसिभ सेफ्टी एन्ड सेक्युरिटी फिचर’ रहेका छन् । साथै, गि्रडसहितको पार्कभ्यु रियर क्यामेरा, ‘फ्रन्ट एन्ड रियर पार्क असिस्ट’, ‘इलेक्ट्रोनिक रोल मिटिगेसन’सहितको ‘इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल’ जस्ता सुरक्षा फिचर छन् ।

ग्लेडिएटर ‘ब्ल्याक’ र ‘फायरक्रेकर रेड’मा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?