
१८ माघ, काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म माधवनारायणको व्रत गरेका व्रतालुहरु तीर्थ यात्रा गर्दै पशुपति क्षेत्रमा आइपुगेका छन् ।
सोमबार माघकृष्ण चतुर्दशीको साँझ पशुपति आइपुगेका ब्रतालुहरुले मंगलबार विहान औंसीका दिन पशुपति दर्शन गरेका छन् ।
माघ कृष्ण औंसी (आज) का दिन बिहान पशुपतिस्थित आर्यघाटमा व्रतालुले स्नान गर्ने व्रत विधि रहेको छ । स्नानपछि पशुपतिमा पूजा आराधना गरी जयबागेश्वरीसम्म जल चढाउने विधि छ । व्रतालुले जयवागेश्वरीबाट सानो गौचरण गएर दिउँसोको भोजन गर्ने गर्छन् ।
माधवनारायण व्रतालुले एक महिनासम्म एक छाकमात्र भोजन गर्ने गर्छन् ।
हेर्नुहोस् तस्वीरहरु
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4