+
+
Shares

मानिसलाई मृत्युबाट बचाउन जेफ बेजोसको योजना

एक जैविक प्रविधि प्रयोगशालामा लगानी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १३:४८

१८ माघ, काठमाडौं । अमेजन कम्पनीका संस्थापक जेफ बेजोस मृत्युलाई सधैंका लागि पराजित गर्न चाहन्छन् । यसका लागि उनले बुढ्यौली र रोगलाई रोक्ने क्षेत्रमा अनुसन्धान गरिरहेको एक जैविक प्रविधि प्रयोगशालामा लगानी गरेका छन् ।

एलट्स ल्याब नामक उक्त प्रयोगशालाको उद्देश्य भनेको शरीरका कोशिकालाई पुनर्जीवन दिएर कोषको स्वास्थ्य तथा क्षमतालाई पुनर्स्थापना गर्ने र मानिसलाई रोगबाट मुक्त गरेर चिकित्सा पद्धतिमा रुपान्तरण गर्नु रहेको बताइएको छ ।

जनवरी १९ मा सार्वजनिक भएको विज्ञप्ती अनुसार एलट्स ल्याबमा ३ अर्ब डलरको लगानी रहेको छ, जुन कुनै पनि जैविक प्रविधि प्रयोगशालामा भएको अहिलेसम्मकै ठूलो लगानी हो।

एलट्स ल्याबमा विश्वका चर्चित व्यक्तिहरु कार्यकारीका रुपमा रहेका छन् । बेलायतको औषधि तथा खोप निर्माता कम्पनी ग्लाक्सोस्मिथ क्लाइन, क्यान्सरविरुद्धको पहिलो एन्टीबडी निर्माण गर्ने अमेरिकी जैविक प्रविधि कम्पनी जिनटेक तथा नेसनल क्यान्सर इन्स्टिच्यूटका प्रमुखहरु रहेका छन् ।

स्मरण रहोस् गुगलका ल्यारी पेजसँगै पिटर थाइल र ल्यारी इलिसनसमेतले बुढ्यौली प्रतिरोधी अनुसन्धानमा लगानी गरिरहेका छन् ।

गतवर्ष जेफ बेजोस र पिटर थाइलले बुढ्यौली प्रतिरोधी औषधि विकास गर्ने अपेक्षा गरिको युनिटी टेक्नोलोजी कम्पनीमा लगानी गरेका थिए । त्यस्तै गुगलका सहसस्थापक पेजले पनि क्यालिको नामक स्टार्टअप कम्पनीमा लगानी गरेका थिए।

बेजोसले पछिल्लोपटक ठूलो रकम लगानी गरेको एलट्स ल्याबले स्वतन्त्र अनुसन्धानकर्ता तथा विज्ञहरुलाई बुढ्यौली प्रतिरोधी प्रविधि तथा औषधि लगायतका विषयमा स्वायत्त अनुसन्धानका लागि पर्याप्त रकम दिनेछ जसको कुनै व्यवसायिक महत्वाकांक्षा तथा दबाब हुने छैन । एजेन्सीको सहयोगमा

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?