+
+
खोप हराएको प्रकरण :

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १८ गते १७:१४
फाइल तस्वीर

१८ माघ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट राष्ट्रिय युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ । कोभिड–१९ विरुद्धको २४ लाख खोप गायब गरेर मन्त्री खतिवडाले राज्यकोषको २ अर्ब ५० करोड रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै संघले अख्तियारमा उजुरी दिएको हो ।

मन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारी बहन गरेपछि २४ लाख डोज खोप हराएको आरोप युवा संघले लगाएको छ ।

मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरु उपर छानविन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानूनी प्रावधान बमोजिम कारबाही गर्न माग गरिएको युवा संघका अध्यक्ष किरण पौडेलले जानकारी दिए । जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रबाटै खोप हराउनु लज्जास्पद र जनघाति कदम भएको उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री खतिवडा र खोप गायब प्रकरणमा संलग्न अन्य व्यक्तिहरुमाथि छानविन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनको निम्ति अख्तियारमा उजुरी गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?