+
+

फिल्ममा ‘कमब्याक’ गर्ने विदेशिएका कलाकारको रटान, तर कहिले ?

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १९ गते १२:१४
अमेरिकामा रहेका अभिनेत्रीहरु अरुणिमा लम्साल, मेलिना मानन्धर र युना उप्रेती

१९ माघ, काठमाडौं । कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर उतै बसेकी अभिनेत्री युना उप्रेती महिना दिनअघि नेपाल आइन् । नेपाल आएको समयमा उनले केही सञ्चारमाध्ममा अन्तर्वार्ता समेत दिन भ्याइन् ।

अन्तर्वार्ताका क्रममा युनाले आफू नेपाली चलचित्रमा फर्किने चलनचल्तीकै भाषा बोलिन् । युनाले आफू अमेरिकामा रहेर पनि नेपाली चलचित्रलाई माया नमारेको भन्दै उपयुक्त कथाको खोजीमा रहेको प्रतिक्रिया दिइन् ।

युना जस्तै अमेरिकाबाट बिदा मनाउन नेपाल आउने अधिकांश कलाकारहरु चलचित्रमा फर्किने कुरा बोल्न छुटाउँदैनन् । नेपाली चलचित्रमा राम्रो क्रेज बनाउँदा दर्शकको माया पाएका धेरै कलाकारहरु क्रेज खस्किँदै गएपछि अमेरिका वा अन्य देशमा पुग्ने गरेका छन् । ती कलाकारलाई नयाँ पुस्ताका दर्शकले खासै पछ्याएका पनि पाइँदैन ।

दुई दशकअघि नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेर केही वर्ष राम्रो क्रेज बनाएकी अभिनेत्री अरुणिमा लम्सालले पनि आफू नेपाली चलचित्रमा फर्किनका लागि उपयुक्त समय कुरिरहेको बताइन् । हालै दिएको एक अन्तर्वार्तामा उनले नेपाली चलचित्रको माया लाग्ने बताइन् ।

कुनै समयकी बोल्ड अभिनेत्री अरुणिमाले अभिनय गरेका केही चलचित्रले व्यापारिक रुपमा सफलता हात पारेका छन् । तर अमेरिका गएपछि अरुणिमा पनि नेपाली चलचित्र क्षेत्रबाट गुमनाम नै छिन् ।

अर्की अभिनेत्री मेलिना मानन्धरको नाम पनि कुनै समय चलचित्र क्षेत्रमा खुबै सुनिन्थ्यो । अहिले उनको बारेमा दर्शकलाई कुनै चासो छैन । तर टिकटक लाइभमा आएर उनले पनि चलचित्र क्षेत्रमा फर्किनका लागि उपयुक्त समयको पर्खाइमा रहेको बताउने गरेकी छन् ।

अमेरिका पुगेपछि निक्कै कम मात्र कलाकारले चलचित्र क्षेत्रमा कमब्याक गरेका छन् । अभिनेता सरोज खनाल, रमेश उप्रेती, अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल लगायतका कलाकार अमेरिकामा केही वर्ष बिताएर नेपाल आएका थिए । तर उनीहरुको कमब्याक सुखद् छैन । न त उनीहरुले पुरानो क्रेज फर्काउन सकेका छन् ।

अमेरिकाबाट बिदा मनाउन नेपाल आएको बेला अधिकांश कलाकार चलचित्र क्षेत्रमा फर्किन्छु भन्ने रटान लगाउन छाड्दैनन् । तर अमेरिका फर्किएपछि न त उनीहरु नै आफ्नो योजनालाई मूर्तरुप दिन लागिपर्छन्, न त दर्शकले नै उनीहरुको प्रतीक्षा गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?