+

अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपाली खेलाडीलाई पदक

२०७८ माघ  १९ गते १६:३४ २०७८ माघ १९ गते १६:३४
अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपाली खेलाडीलाई पदक

१९ माघ, काठमाडौं । अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् ।

अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले पहिलो स्थान हात पारेका छन् । उनले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन् । दर्नालले ६.७१७ अंक ल्याउँदै स्वर्ण जित्दा फान्कोइले ६.६६७ अंक जोडेका थिए ।

यसैगरी अनलाइन पुम्सेमै सञ्जीव नेपाल र सन्दीपा अमगाईंले भने रजत पदक जितेका छन् । ३०–४० वर्ष उमेर समूहमा रजत पदक जितेका सञ्जीवले ६.८०० अंक पाएका थिए । स्वर्ण जितेका मकाउका याङ मिङ तेक्वान्दो डोजाङका काइ ल्योङ यीपले ६.८६७ अंकका साथ पहिलो स्थान हात पारेका थिए ।

त्यस्तै १८–३० वर्षको उमेर समूहमा सन्दीपाले ५.७६७ अंक जोड्दै रजत पदक जित्न सफल भइन् । उनी पनि मकाउकै याङ मिङ तेक्वान्दो डोजाङकी कावामासँग पछि परिन् । कावामाले ६.५३३ अंक जोड्दै स्वर्ण पदक जितिन् ।

प्रतियोगितामा नेपाललगायत अमेरिका, फिलिपिन्स, स्विट्जरल्यान्ड, मकाउ, स्लोभेनियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

तेक्वान्दो पुम्से

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय