
१९ माघ, काठमाडौं । तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार आज (बुधबार) देशभर मनाइएको छ ।
काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होछार पर्व मनाएका हुन् ।
गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होछारको रौनकता छाउने भए पनि यस वर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै सांस्कृतिक कार्यक्रम हुन सकेन ।
गत वर्षहरुमा ल्होछारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाईलो लागेको टुँडिखेल पुगेकाहरु बताउँछन् ।
कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको उनीहरुले बताए ।
साँस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको तर यस वर्ष नहुँदा रमाइलो नलागेको उनीहरुको भनाइ छ ।
सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।
प्रतिक्रिया 4