
फाइल तस्वीर
१९ माघ, काठमाडौं । नेपालबाट विदेश जाने यात्रुलाई साथमा सुर्तीजन्य पदार्थ नबोक्न अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सचेत गराएको छ ।
कार्यालयको सूचना हिमालय एयरलाइन्सले सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । वैदेशिक रोजगार विभाग र महानगरीय प्रहरी कार्यालय रानीपोखरीको पत्र राख्दै कम्पनीले यस्ता वस्तु बोकेर यात्रा नगर्न भनेको हो ।
सुरक्षा कार्यालयका अनुसार यात्रुले साथमा चुरोट, खैनी, सुर्ती, परागजस्ता वस्तु राख्न पाउँदैनन् । मासुजन्य खाद्य पदार्थ र विभिन्न प्रजातिका बोटविरुवा लैजाँदा समेत क्वारेन्टाइन कार्यालयबाट अनुमति लिएर मात्र लैजान समेत सचेत गराइएको छ ।
हेर्नुहोस् सूचनाः
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4