+
+

थप ११ सय स्मार्ट सडक बत्ती जोड्दै ललितपुर महानगर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते ७:२१

२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा दोस्रो चरणमा थप ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गर्न गर्ने भएको छ । मेयर चिरिबाबु महर्जनका अनुसार नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा थप ११ सय सडक बत्ती जडान गर्न लागिएको हो ।

बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रका सडक पनि अब अध्याँरोमुक्त हुने उनले बताए । करिब ९ करोड बत्ती जडानको गर्न लागिएको महानगरले जानकारी दिएको छ ।

यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अन्य क्षेत्रमा पनि जडानको काम अघि बढाउन लागिएको उनले बताए । महत्वपूर्ण चोकमा १४ वटा हाइमास्ट स्मार्ट सडक बत्ती पनि जोड्न लागिएको उनले बताए । यसले मुख्य चोकहरू रातको समयमा अँध्यारोमुक्त हुने मेयर महर्जनको दाबी छ ।

दोस्रो चरणमा ११ सय स्मार्ट सडक बत्ती जोडेपछि तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर हुने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको उनले जानकारी दिए ।

रातको समयमा सर्वसाधारणको आवत-जावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका मेयर महर्जनको भनाइ छ । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक तवरले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको महानगरपालिकाले जनाएको छ ।

ललितपुरको स्मार्ट लाइट सिस्टमको कन्ट्रोल रुम विद्युत प्राधिकरणमै राखिएको छ । कम्प्युटर प्रणालीमा आधारित स्मार्ट लाइट तालिकाअनुसार स्वचालित रुपमा बल्ने र निभ्ने हुन्छ । यो प्रणालीबाट विद्युत खपत पनि कम हुन्छ ।

सडकमा सोलार वा अन्य बत्तीभन्दा यसले बढी उज्यालो दिन्छ । मध्यरातमा सडकमा मान्छे र सवारीको आवतजावत कम हुँदा लाइनमा रहेका ४ मध्ये एउटा मात्रै लाइट बल्छ ।

यो लाइट साँझको समयमा बढी चहकिलो बल्छ । यस किसिमका सडक बत्ती चीन, जापान, डेनमार्कलगायतका देशमा प्रयोगमा छन् । यो बत्ती बेलुकी पुरै क्षमता ६० वाटमा बल्छ । तर, राति १० बजेदेखि विहान ४ बजेसम्म यो लाइटले ४० प्रतिशत कम भोल्टेज खपत गर्नेगरी ३० वाटमा बल्छ । यो बत्तीको बिल पनि खपतका आधारमा स्वचालित रुपमा सिस्टमले नै तयार गर्छ ।

अनुभव नभएको भन्दै स्मार्ट बत्तीमा प्राधिकरणले अनुसन्धान पनि गरिरहेकाले महानगरपालिकाले प्राधिकरणसँग सहकार्य गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?