
२० माघ, दाङ । बाँकेमा एक थप जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ।
दाङ शान्तिनगर गाउँपालिका-२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो ।
पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो । बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।
बाँकेमा कोरोनाले मृत्युु हुनेको संख्या ३४७ र अन्य जिल्लाका मृत्यु हुनेको संख्या ४४२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4