+
+

लक्ष्मी बैंकको ‘ब्राण्ड फिल्म’ निर्माणका लागि रचनात्मक क्राउडसोर्सिङ ‘प्रो भर्सन’ प्रतियोगिता

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १४:२३

काठमाडौं । लक्ष्मी बैंकले २०औं वार्षिकोत्सवको अवसरमा बैंकको ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । बैंकका अनुसार सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको ब्राण्ड फिल्म निर्माण गर्नका लागि रु. २० लाखको कन्ट्र्राक्ट हात पार्नेछन् ।

यो प्रतियोगिता लक्ष्मी बैंकको ५ मूल्य मान्यताहरुमा आधारित छ  । रिलेसनसिप्स, एक्स्प्लोरर, टिमवर्क, रेस्पोन्सिबल र  प्रोग्रेसिभको आधारमा बैंकले २० वर्षको गरिमामय यात्रा तय गर्न सफल भएको बैंकले जनाएको छ  । सबै प्रतियोगी इन्ट्रिहरूलाई एक्स्पर्ट प्यानलद्वारा प्राविधिक र रचनात्मक दुवै पक्षहरूलाई मध्यनजर गर्दै जज गरिने बैंकले बताएको छ ।

यो प्रतियोगिता लक्ष्मी बैंकको क्राउडसोर्सिङमा आधारित तेस्रो प्रतियोगिता हो । यसअघि बैंकले २०१८ मा ‘माइ कार्ड आइडिया’ र २०२० मा ‘ माइ मोबाइल मनि’ भिडियो कन्टेस्टमा उत्साहजनक सफलता प्राप्त गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?