+
+

म्युजिक भिडियोमा जमिरहेकी विना

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १६:५९

२० माघ, काठमाडौं । विना राउतले दुई वर्षअघि ‘तोरी तेल लाएर कपाल कालो भो’ गीतको म्युजिक भिडियोमा काम गरेर मोडलिङ करिअर सुरु गरेकी थिइन् ।

टंक बुढाथोकी र बुनु उप्रेतीको स्वर रहेको गीतको भिडियोमा उनी सुनिल क्षेत्रीसँग प्रस्तुत भएकी छन् । उक्त गीतको भिडियोलाई दर्शकहरुले रुचाए । त्यसयता उनले १३० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

‘रातो गुलाब’, ‘मेरो माया बसेको गाउँमा’, ‘मोहनी मन्तर’, चाइनिज पिलेट’, ‘पोखरेली नानी’ ‘कोकाकोला फिगर’, ‘सुटुक्कै’ उनले अभिनय गरेका केही म्युजिक भिडियो हुन् ।

म्युजिक भिडियोमा छोटो समयमै उनले पाएको सफलता लोभलाग्दो छ । उनी स्वयं पनि छोटो समयमै आफूले यति माया पाउँछु भनेर नसोचेको बताउँछिन् ।

‘करिअर शुरु गर्दा यति मन पराउनुहुन्छ भन्ने सोचेको थिइन । तर मेहनत गर्नुपर्छ आफू सफलतामा पुगिन्छ भन्ने कुरा भने सुरुबाटै लाग्थ्यो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ‘एकदमै खुसी लाग्छ । दर्शकहरुबाट यति धेरै माया पाएकी छु ।’

टिकटकमा राम्रो फ्यान फलोअर्स कमाएकी उनलाई धेरैले टिकटकबाट उदाएकी मोडल भनेर समेत चिन्ने गरेका छन् । मोडल सरोज राना प्रजासँग उनले बनाउने भिडियो टिकटकमा निकै भाइरल भएको थियो । यस प्रसंगमा उनले भनिन्, ‘पहिलो भिडियो टिकटकमा फ्लोअर्स बढ्नुअघि, भिडियो भाइरल हुनुअघि खेलेकी हुँ । बीचको लकडाउनको समयमा हाम्रो भिडियो भाइरल भएर धेरैले टिकटकबाट चिन्नुभएको हो । सोही कारण पनि धेरैले मलाई टिकटकबाट आएको भन्नुहुन्छ ।’ भिडियोमा अधिकांश अभिनेता तथा मोडलसँग सहकार्य गरिसकेकी उनी सबैभन्दा बढी भने सरोजसँगै देखिँदै आएकी छन् ।

म्युजिक भिडियोमा सफलता पाइरहेकी विनाले बिहीबार आफ्नो २३ औं जन्मदिन मनाइरहेकी छन् । आउँदा दिनमा पनि सकेसम्म मेहनत गर्दै दर्शक-श्रोताले रुचाउने भिडियो दिने प्रयास रहने उनले बताइन् । चलचित्रमा अभिनय गर्ने सोच भएपनि तत्काल त्यसका लागि तयार नरहेको उनले बताइन् ।

‘चलचित्रमा काम गर्ने सोच छ । तर त्यसका लागि आवश्यक धेरै कुरा सिकेपछि मात्र,’ उनले भनिन् ।

तस्वीरहरु : विना राउतको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?