+
+

‘ह्यारीकी प्यारी’को सेटमा साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते ११:३२
'ह्यारीकी प्यारी'को छायांकन स्थलमा कलाकारहरु विजय बराल, साम्राज्ञी आरएल शाह र जितु नेपाल

२१ माघ, काठमाडौं । केही साताअघि छायांकन सुरु भएको चलचित्र ‘ह्यारीकी प्यारी’को सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेकी छन् । चलचित्रको शुभसाइतमा साम्राज्ञी उपस्थित थिइनन् । चलचित्रका मुख्य कलाकार जितु नेपालका केही दृश्यको छायांकन गरिएको थियो ।

तर, जितुले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी साम्राज्ञीसँगै देखिएका छन् । चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य भूमिका छ ।

चलचित्रको छायांकन यतिबेला पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’मा  साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न सकिन्छ । दर्शकका लागि यी दुईको केमेस्ट्री नयाँ हो ।

यस्तै दीपकराज गिरी र उनको टिमभन्दा बाहिरको चलचित्रमा काम गरिरहेका जितुलाई साम्राज्ञीसँग मात्र होइन, बक्स अफिसमा पनि चल्नुपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?