+
+

तत्काल हल खुलिहाले पनि सहज छैन नेपाली फिल्मलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते ११:५५
सिनेमा हलको सरसफाइ गर्दै कर्मचारी । फाइल तस्वीर

२१ माघ, काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि सरकारले माघ ३ गतेबाट सिनेमा हलहरु बन्द गर्ने निर्णय गर्‍यो । चलचित्र संघ, चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुले हल खोल्नका लागि सरकारसँग आग्रह गरिरहेका छन् ।

अधिकांश चलचित्रकर्मीहरु फागुनबाट हल खुल्नेमा आशावादी देखिएका छन् । तर, हल खुलिहालेको खण्डमा पनि चलचित्र रिलिजका लागि भने निर्मातालाई सहज छैन । किनकि, फागुनमा रिलिज लागि मिति तोकेका अधिकांश चलचित्र अब निर्धारित मितिमा रिलिज हुने सम्भावना छैन ।

भारतमा डेढ लाखमाथि दैनिक कोरोना संक्रमित रहेको अवस्थामा पनि बलिउड र साउथका निर्माताले धमाधम चलचित्रको प्रदर्शन मिति तय गरिरहेका छन् ।

१३ फागुनबाट बलिउडमा नयाँ चलचित्र रिलिज हुन गइरहेका छन् । १३ फागुनदेखि ११ चैतसम्मको मितिलाई हेर्दा ‘गंगुबाई काठियावाडी, बच्चन पाण्डे, आरआरआर, राधे श्याम’ जस्ता प्रतिक्षित चलचित्र रिलिज हुने देखिएको छ । ‘आरआरआर’ रिलिज भएको तीन सातापछि ‘केजीएफ २ र लाल सिंह चड्डा’ जस्ता प्रतिक्षित चलचित्र रिलिज हुँदैछन् ।

जसका कारण नेपाली निर्माताहरुलाई यी मितिमा चलचित्र रिलिज गर्न सहज हुने देखिंदैन । अहिलेसम्म १ वैशाख अर्थात् १४ अप्रिलका लागि ‘ए मेरो हजुर ४’का निर्माताले मात्रै प्रदर्शन मिति तय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?