+
+
Shares

यो साता नेप्से परिसूचक १०६.८२ अंकले वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १२:५८

२१ माघ, काठमाडौं । पछिल्लो सातामा सेयर बजार मापक नेप्से परिसूचक १०६ दशमलव ८२ अंकले वृद्धि भएको छ ।

गत साताको बिहीबार अन्तिम कारोबारको दिन नेप्से परिसूचक १५१ दशमलव ६१ अंकले गिरावट आएर दुई हजार ७६९ दशमलव ९३ अंक कायम भएको थियो । यो साता चारदिन कारोबार भएको नेप्से परिसूचक दुईदिन बजार ओरालो लाग्दा दुईदिन भने वृद्धि भयो । यो साताको चारदिनको कारोबारमा नेप्से परिसूचक १०६ दशमलव ८२ अंकले बढेर दुई हजार ८७६ दशमलव ७४ को विन्दुमा पुगेको छ ।

साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक १०५ दशमलव ५५ अंक बढेर दुई हजार ८८५ दशमलव ५३ विन्दुमा पुगेको थियो । उक्त दिन नेप्से सेन्सेटिभ इण्डेक्स १९.८१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ७.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.५७ अंक बढेको थियो । आइतबार कारोबारमा आएका २३१ कम्पनीको एक करोड २१ लाख ५५ हजार कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

साताको दोस्रो कारोबार सोमबारको दिन सेयर बजार मापक नेप्से परिसूचक साँढे १३ अंकले गिरावट आएको थियो । आइतबार १०५.५५ अंकले वृद्धि भएको नेप्से सोमबार भने १३ दशमलव ४८ अंक घटेर दुई हजार ८७२ दशमलव ०५ विन्दुमा झरेको थियो । सोमबार कारोबारमा आएका २२५ कम्पनीको एक करोड एक लाख पाँच हजार कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

सोमबार १३ अंकले गिरावट आएको नेप्से परिसूचक मंगलबार भने वृद्धि भएको थियो । मंगलबार नेप्से १९ दशमलव २९ अंकले बढेर दुई हजार ८९१ दशमलव ३४ विन्दुमा पुगेको थियो । मंगलबार कारोबारमा आएका २२३ कम्पनीको एक करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

बुधबार भने तामाङ जातिको मुख्य पर्व सोनाम ल्होसारको दिन सार्वजनिक बिदा भएकोले कारोबार भएन । त्यस्तै, साताको अन्तिम कारोबारका दिन बिहीबार नेप्से सूचक १४ दशमलव ५८ अंकले घटेर दुई हजार ८७६ दशमलव ७५ बिन्दुमा झरेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको एक करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर आठ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि वृद्धि भएको छ । गत साता दुई खर्ब १३ अर्ब ९० करोड रुपैयाँले गिरावट आएको लगानीकर्ताको सम्पत्ति यो साता भने एक खर्ब ३६ अर्ब ७४ करोड रुपैयाँले वृद्धि भएको छ । गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण कूल ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँ रहेको थियो । यो साता ४० खर्ब ६५ अर्ब ३७ करोड रुपैयाँमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?