+
+

ठगी मुद्दामा फरार रहेका पंचमान पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २१ गते १६:२०

२१ माघ, काठमाडौं । ठगी मुद्दाका फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने सोही निङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका लेखा-समिति संयोजक पंचमान महर्जनलाई बिहीबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धानका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतको २०७३ असार १९ गतेको फैसलाले ठगी मुद्दामा ६ महिना कैद र ३५ लाख ६८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ब्यूरोबाट खटिएको प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो । उक्त संस्थाको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार ४ सय ७८ रुपैयाँ जाहेरवालाहरूलाई फिर्ता नदिई तोकिएको प्रयोजनबाहेकको व्यापारिक कारोबार र आफन्तका नाममा जग्गा खरिद गरी ठगी गरेको भन्ने मुद्दामा पंचमान समेतले ऋण प्रवाह तथा असुली गर्दा त्रुटी गरेकोले ठगीमा संलग्न भएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको ब्यूरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?