+
+

अफ्रिकामा कोरोनाविरुद्धको खोप उपलब्ध गराउन डब्लुएचओको आग्रह

रासस रासस
२०७८ माघ २१ गते १८:३४

२१ माघ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले अफ्रिकी नागरिकलाई थप खोप उपलब्ध गराउन आग्रह गरेको छ । यहाँका खोप पाएका नागरिकको संख्या निकै थोरै रहेकाले त्यसका लागि विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो । अहिले अफ्रिकामा कोभिडविरुद्धको खोप लगाउने नागरिकको जनसंख्या जम्मा ११ प्रतिशत मात्र छ । यो विश्वका अरू देशहरूको तुलनामा निकै नै थोरै हो ।

विश्व स्वास्थ्य संगठनले यही सन् २०२२ को मध्यसम्ममा कम्तीमा पनि ७० प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने लक्ष तय गरेको छ । तर, अफ्रिकामा भने अहिलेसम्म पूर्ण मात्रा खोप लगाउने नागरिकको संख्या ११ प्रतिशत मात्र हुनु दुःखद हो भन्दै अफ्रिकालाई सहयोग गर्न विश्व समुदायलाई विश्व स्वास्थ्य संगठनले आग्रह पनि गरेको छ ।

अफ्रिकाका लागि विश्व स्वास्थ्य संगठनको क्षेत्रीय कार्यालयले आयोजना गरेको भर्चुअल बैठकमा अफ्रिकाका क्षेत्रीय निर्देशक मातासिदी मोएतीले सो कुरा बताइन् । उनले लामो समयदेखि अफ्रिका खोपको पर्खाइमा बसेको भन्दै तर, अझै पनि उपलब्ध हुन नसकेकाले सो कुरा बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?