+
+

पाल्पामा चिसोले एकजना पुरूषको मृत्यु

रासस रासस
२०७८ माघ २२ गते १८:२८
फाइल तस्वीर

२२ माघ, पाल्पा । तानसेनमा चिसोले एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो ।

तानसेन नगरपालिका–६ बसपार्क नजिकै घोप्टो परी बेहोस अवस्थामा स्थानीयवासीले देखेका थिए । परियार चिसोका कारण बेहोस भएर लडिरहेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर गरी उद्धार गरिएको बताइएको छ ।

अस्पतालमा लगिएका परियारलाई चिकित्सकले मृत्त घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मण पचभैयाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?