+
+

बिहेपछि एक दम्पतीले घटाए १८१ किलो तौल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १३:४८

बिहेपछिको खुसी तथा सन्तुष्टिले धेरै युवायुवतीहरूको शरीरको वजन बढ्दछ । तर, एक दम्पतीले भने बिहेपछि कूल १८१ किलो तौल घटाएका छन् । बिहेपछि पत्नीको तौल १४१ किलो र पतिको तौल ४३ किलो घटेको छ ।

समाचार अनुसार अमेरिकाको इन्डियानामा बस्ने लेक्सी रिडको सन् २०१६ मा बिहे भएको थियो । त्यतिबेला उनको शरीरको तौल २१९ किलो थियो । उनका पति ड्यानी रिडको तौल १२७ किलो थियो ।

बिहेपछि रिड दम्पतीले शरीरको तौल घटाउने प्रण गरे र त्यही बमोजिमको खानपान, व्यायाम र मेहेनत गरे । जसबाट मात्र १८ महिनामै लेक्सीले आफ्नो शरीरको तौल १४१ किलो घटाउन सफल भइन् । त्यस्तै ड्यानीले पनि आफ्नो ४३ किलो तौल घटाए र दुवैजनाको जीवनमा परिवर्तन आयो ।

वजन घटाउनका लागि उनीहरूले केही सख्त नियम बनाएका थिए । जसमा एक वर्षसम्म घर बाहिर खानेकुरा नखाने, रक्सी नपिउने तथा बढी र अनावश्यक खानेकुरा नखानेलगायत थिए । उनीहरूले आपसी समझदारीमा बनाएका नियमहरू पालना गर्ने कसम खाएका थिए । सोही बमोजिम लेक्सी र ड्यानीले कडा अनुशासनसँगै जिवनशैलीमा परिवर्तन गरे र अविश्वसनीय रुपमा तौल घटाएर संसारलाई नै चकित पारे ।

बिहे अगाडि दुवैजना खानपिनका निकै शौखिन थिए । २५ वर्षको उमेरमै लेक्सीको शरीर निकै भद्दा भइसकेको थियो । उनको तौल १७७ किलो थियो भने ड्यानीको तौल १२७ किलो थियो । उनीहरूले प्रायः बाहिरबाट खानेकुरा मगाएर मनग्गे खाने गर्दथे । जसका कारण शरीरको तौल अस्वभाविक रुपमा बढेको थियो । उनीहरूले घण्टौंसम्म खाइरहन्थे ।

तर, जब उनीहरूको प्रेम सम्बन्ध सुरु भयो तब जिउ भद्दा भएको महसुस भयो । उनीहरूले बिस्तारै जीवनशैली बदल्ने बारेमा सोच्न थाले । उक्त सोचाइले बिहेपछि मूर्तरुप पायो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?