+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
146/4 (18.3)
VS
Lumbini Lions won by 6 wickets
चितवन राइनोज 2025
142/7 (20)
Shares

नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते १४:४६

२३ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक भएको छ । शनिबार सार्वजनिक नतिजा अनुसार ७७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

काउन्सिलले माघ २१ र २२ गते ४८ विधामा विशेष परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा ७२३ जना परीक्षार्थी सहभागी भएकोमा ५५५ जना उत्तीर्ण भएका छन् भने १६८ जना अनुत्तीर्ण । ७३४ जना उम्मेदवारमध्ये ११ जना भने अनुपस्थित भएका थिए ।

परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन दिनुपर्ने छ । आवेदन मितिले १५ कार्यदिन पछि प्रमाण पत्र तयार हुने काउन्सिलले जनाएको छ ।

परीक्षाको नतिजामा चित्त नबुझेमा परीक्षार्थीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि एक हजार पाँच सय रुपैयाँ दस्तुर बुझाई परीक्षार्थीको नाम, रोल नम्बर स्पष्ट लेखी काउन्सिलको इमेलमा आवेदन दिन सक्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?