
२३ माघ, काठमाडौं। महानगरीय प्रहरी परिसरले फेसबुकमार्फत नाबालिकालाई ब्ल्याकमेल गरी करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पनौती नगरपालिका-१ स्थायी घर भई ललितपुरको पाटन-सुन्धारा बस्ने २१ वर्षीय सुजन श्रेष्ठ रहेका छन् ।
उनले सौगात महर्जन नामक नक्कली फेसबुक एकान्टमार्फत साथी बनाई उक्त नाबालिकालाई भिडियो करल गरेर अश्लील भिडियो बनाएर करणी गरेर फरार भएका थिए ।
पक्राउ परेका उनीमाथि सरकारी वकीलको कार्यालयमार्फत काठमाडौं जिल्ला अदालतबाट मूद्दा दर्ता गरी आदेश लिई पुर्पक्षका लागि थुनामा पठाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
साथै आफ्ना बालबालिकाहरुलाई समयमै सचेत गराउन अभिभावकलाई परिसले अनुरोधसमेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4