+
+

एएफसी महिला एसिया कपको उपाधि चीनलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २३ गते २०:२४

२३ माघ, काठमाडौं। चीनले एएफसी महिला एसियन कप फुटबलको उपाधि जितेको छ ।

भारतको मुम्बईमा आइतबार भएको फाइनलमा उत्कृष्ट पुनरागमन गर्दै चीनले दक्षिण कोरियालाई ३-२ ले पराजित गर्दै नवौं पटक उपाधि जितेको हो ।

चीनले दुई गोलले पछि परेको स्थिति उल्टाएर उत्कृष्ट पुनरागमन गर्दै दोस्रो तीन गोल फर्काएको हो।

डीवाई पाटिल स्टेडियममा भएको खेलमा युयी सियाओले ईन्जुरी टाईममा गोल गर्दै चीनलाई उपाधि दिलाइन् ।

खेलको २७ औं मिनेटमा चोई युरीले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा जी सोयुनले पेनाल्टीमा गोल गरेपछि दक्षिण कोरियाले पहिलो हाफमै दुई गोलको अग्रता बनायो। तर कोरियाले अग्रता कायम राख्न सकेन ।

खेलको ६८ औं मिनेटमा जियाली ताङले गोल गर्दै चीनलाई खेलमा फर्काईन् । ७२औं मिनेटमा लिनयान झाङले गोल गरेपछि चीनले खेल २-२ को बराबरीमा पुर्‍यायो ।

त्यसपछि युयीले खेलको इन्जुरी समयमा गोल गर्दै चीनलाई ३-२ को जित दिलाइन् । चीनले सर्वाधिक ९ पटक उपाधि जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?