+
+

रोकिराखेको ट्रकमा कार ठाेक्किंदा ३ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २४ गते ८:०८

२४ माघ, बुटवल । रुपन्देहीको बुटवल तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।

बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहान ठाेक्किएको थियो ।

बिहान ५ बजेतिर भएको दुर्घटनामा परी बुटवल-१३ का अन्दाजी २७/२८ वर्षीय सविन चौधरी, सोही स्थानकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा सोही स्थानका भागिरथ चौधरी र बुटवल १२ का अनिश जीसी घाइते छन् । चौधरीको अवस्था गम्भीर र जीसीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

ट्रक चालक फरार रहेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बेहुला-बेहुलीलाई कपिलवस्तु छोडेर फर्किंदै गरेको कार सडक किनारमा रोकिराखेको पराल बोकेको ट्रकको पछाडि ठोक्किएको हो । कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । उक्त कारलाई क्रेनको सहायताले सडकबाट हटाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?