
२४ माघ, काठमाडौं । आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुने भएको छ । कोरोना संक्रमणका कारण मञ्चन स्थगित गरिएको नाटक पुनः मञ्चन गर्न लागिएको हो ।
रंगकर्मी सुनिल पोखरेलका अनुसार माघ २८ गतेदेखि फागुन ७ गतेसम्म नाटक पुनः मञ्चन गर्न लागिएको हो । उनका अनुसार कुञ्ज थिएटर थापागाउँमा ५ बजेदेखि नाटक मञ्चन हुनेछ ।
माघ १ गतेदेखि सुनिलकै अनुवाद र निर्देशन रहेको पुरानै नाटक ‘पुतलीको घर’ कुञ्ज थिएटरमा मञ्चन भइरहेको थियो । कोरोना संक्रमण बढेपछि माघ ७ गतेदेखि नाटकको मञ्चन स्थगित गरिएको थियो । अहिले कोरोना संक्रमण कम भएसँगै नाटक पुनः मञ्चन गर्न लागिएको हो ।
नाटकमा मुख्य भूमिकामा रंगकर्मी निशा शर्मा छिन् । उनीसँगै रंगकर्मी पोखरेल, शेखर चापागाईं, अञ्जु देउजा लगायतको अभिनय छ । यसअघि झण्डै एक दशकदेखि बन्द रहेको आरोहण गुरुकुलले नाटक ‘पुतलीको घर’मार्फत पुनरागमन गरेको थियो ।
प्रतिक्रिया 4