
२४ माघ, काठमाडौं। राजश्व अनुसन्धान विभाग ईटहरीले राजश्व छलीको आरोपमा धरानको सुर्य मेटलका अध्यक्ष र सञ्चालकसहित चारजनाविरुद्ध मुद्दा दायर गरेको छ ।
मूल्य अभिवृद्धि कर र आयकरमाराजश्व छली गरेको भन्दै राजश्व अनुसन्धान विभाग ईटहरीले सोमबार उद्योगका अध्यक्ष र सञ्चालकसहित चारजनाविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको हो ।
प्रचलित मूल्य अभिवृद्धि कर तथा आयकर छलेको आरोपमा उद्योगका अध्यक्ष उत्तम कुमार ताम्राकार र सञ्चालकहरु चन्द्रेश्वरी ताम्राकार, अनुप ताम्राकार र निर्मल ताम्राकार बिरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।
उनीहरुलाई गैरकर बिल बिजकको प्रयोग गरी भ्याट र आयाकर छलेको आरोप लगाइएको छ ।
उनीहरुलाई १२ करोड १९ लाख ४० हजार ६४३ रुपैयाँ बिगो र सोही बराबरको बिगो सजाय गरी कुल २४करोड ३८ लाख ८१ हजार २८२ रुपैयाँ बराबरको माग दाबी गरिएको विभागले जनाएको छ ।
प्रतिक्रिया 4