+
+

हरेक भूमिकामा ‘फिट’ स्वस्तिमा

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २६ गते १३:१४

२६ माघ, काठमाडौं । चलचित्र ‘होस्टेल रिटर्न्स ’बाट रंगीन दुनियाँमा उदाउँदा अभिनेत्री स्वस्तिमा खड्काको चर्चा औसत भयो । तर, उनको सुन्दरताले भने निकै चर्चा पायो । स्वस्तिमाले यो चलचित्रमा काम गरेसँगै निर्देशक निश्चल बस्नेतसँग काम गरिन् ।

स्वस्तिमाको करिअर औसत रुपमा नै अगाडि बढिरहेको थियो । उनले ‘छक्का पञ्जा २, लभ लभ लभ, जय भोले’ लगायतका चलचित्रमा काम गर्दा पनि उनको चर्चा खासै भएन ।

स्वस्तिमाले काम गरेका ‘छक्का पञ्जा २, नाई नभन्नु ल ५, जय भोले’ले व्यापारिक रुपमा राम्रो कमाइ गरे । तर, उनको करिअरको लागि टर्निङ प्वाइन्ट भने ‘बुलबुल’ चलचित्र बन्न पुग्यो ।

यो चलचित्रमा उनले गरेको अभिनयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमायो । स्वस्तिमाले थुप्रै प्रतिष्ठित अवार्ड पनि प्राप्त गरिन् । यसपछि पनि स्वस्तिमाले ‘हजार जुनीसम्म, घामड शेरे, चपली हाइट ३’ लगायतका चलचित्रमा काम गरेकी छन् ।

पछिल्लो समय सर्वाधिक क्रेज बनाएकी स्वस्तिमाले आफूलाई हरेक भूमिका निर्वाह गर्न सक्ने अभिनेत्रीको रुपमा स्थापित गरेकी छन् ।

मंगलबार रिलिज भएको स्वस्तिमा अभिनित चलचित्र ‘चिसो मान्छे’को फस्टलुकले उनको अभिनय र गेटअपलाई फेरि चर्चामा ल्याइदिएको छ । चलचित्रमा उनी जुम्लाकी एक महिलाको भूमिकामा देखिएकी छन् । चलचित्रको फस्टलुकले पनि स्वस्तिमाले जुम्लाकी महिलाको भूमिकालाई उत्कृष्ट तरिकाले निर्वाह गरेको संकेत गरेको छ ।

‘बुलबुल र चिसो मान्छे’मा फरक भूमिका निर्वाह गरेकी स्वस्तिमाले ‘नाइँ नभन्नु ल ५’मा दोहोरो भूमिका पनि निर्वाह गरिन् । यस्तै उनले ‘लभ लभ लभ, छक्का पञ्जा २, जय भोले’मा प्रेमिकाको भूमिका निर्वाह गरेकी छन् ।

यस्तै, स्वस्तिमाले नै नृत्य गरेको ‘२ रुपैयाँ’ चलचित्रको ‘कुटुमा कुटु’ बोलको गीतले सर्वाधिक भ्युजको रेकर्ड नै राखेको छ ।

‘चिसो मान्छे’को फस्टलुकले जगाएको आशा चलचित्रमा पनि पूरा भएको खण्डमा स्वस्तिमाका लागि यो अर्को कोसेढुंगा बन्ने निश्चित छ । असार ३ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?